arrow

सिरहामा थप दुई संक्रमितको मृत्यु

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
dead2.jpg

लहान । कोरोना संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । 

मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । 

मिर्चैयामा ग्यास व्यवसायी सञ्चालन गर्दै आएका ६२ वर्षीय पुरुषको उपचारका क्रममा गएराति जनकपुरस्थित प्रादेशिक अस्पतालमा र गोलबजारका ७७ वर्षीय पुरुषको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले बताए । 

मधुमेह र निमोनियाबाट ग्रसित ७७ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौँ पुर्‍याएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ