arrow

वीरगञ्ज महानगरपालिकामा शहीदको तस्विर फोहोरको थुप्रोमा

उपराष्ट्रपतिको तस्विरले पनि पाएन टास्ने ठाउँ

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ भदौ २२ सोमबार
martyre-sahid-birgunj.jpg

पर्सा। आफ्नो जीवनको लोकतान्त्रिक आन्दोलनमा आहुति दिएका नेपाल आमाका वीर छोराछोरी कारण आज आमनेपालीले लोकतन्त्र र स्वतन्त्रताको उपभोग गर्न पाएका छन्। निरंकुश शासनको अन्त्यका लागि आफ्नो प्राणको वाजी लगाएका तिनै बीर शहिदहरुका कारण आज जनताले जनताकै लागि शासन गर्ने व्यवस्था कायम छ । यो व्यवस्था स्थापनाका लागि सबै राजनीतिक दल नागरिक समाज आम नागरिक सबै प्रातस्मरणीय शहिदहरुका सदैव ऋणी छन् । उनीहरुको स्थान सदैव शिरमा हुनुपर्छ । उनीहरुप्रति सदैव सम्मानले शिर निहुरीनु पर्छ । यसको अवमूल्यन गर्नेहरुलाई कृतघ्न र नमकहराम भन्दा फरक पर्दैन । 

यस्तै कृतघ्न र नमकहराम हर्कत अहिले बिरगञ्ज महानगरपालिकाले गरेको पाइएको छ। २०६२/२०६३को आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका बीर शहिदहरुको तस्विरको अबमूल्यन गरेर त्यसलाई फोहोरसँगै राखिएको छ। फोहोर बढार्ने कुचो र भुइ पुछ्ने सामानसँगै शहिदका तस्विर बिरगञ्ज महानगरपालिकाको कुनामा फालिएको अवस्थामा हाम्राकुराले फेला पारेको छ। 

प्रातस्मरणीय शहिदका तस्विर फोहोरसँगै एक कुनामा फालिएको बारेमा बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले केहि बताएका छैनन्। वडा नं १९का वडाध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले भने यस बारेमा आफूलाई जानकारी नभएको बताए। एक महिनादेखि कार्यालय जान नपाएका कारण यस बारेमा केहि जानकारी नभएको उनले बताए।  

महानगरपालिकाले शहिदका तस्विरलाई एक कुनामा फोलेसँगै वहालवाला उपराष्ट्रपति नन्दकिशोर पुनको तस्विर राख्ने ठाउँ नपाए झै भुइमै त्यतिकै राखिएकव छ। उपराष्ट्रपतिले राख्ने ठाउँ नपाएर भूईमै थन्किनु परेको छ भने पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उपयुक्त ठाउँ पाउने के सम्भवना रह्न्थ्यो एक स्थानिय रविन श्रीवास्तवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ