arrow

मोर्चाको माग पुर्नलेखन होईन संविधानको संसोधन होः महतो

'प्रधानमन्त्रीले पठाएको पत्र ' खोदा पहाड निक्ला चुहियाँ’ जस्तो

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
Rajendra-Mahato.jpg.jpeg
काठमाडौ । सद्भावना पार्टीका अध्यक्ष समेत रहेका संघीय गठनबन्धनमा आबद्ध संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘संविधानमा जुन जुन धारामा गल्ती भएको छ त्यसलाई फेरि लेखेर संसोधन गर्ने भनेको हो । संविधान पुर्नलेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा हुँदैन । संविधानको पुर्नलेखन गर्ने कुरा हामीले गरेका छैनौ ।’
 
गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधानको पुर्नलेखनको प्रतिबद्धता नआएसम्म सरकारसँग बार्ता समेत नगर्ने सार्वजनिक अभिब्यक्ति दिईरहेको बेला गठबन्धकै एक घटक सद्भावना पार्टीका अध्यक्ष महतोले पुर्नलेखन आवश्यक नभएको बताएका हुन । साक्षात्कारमा महतोले प्रधानमन्त्रीले बार्ताकोलागि मधेसी मोर्चालाई पत्र पठाउनु सकारात्मक भएको भन्दै संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नाम नलिई मोर्चाकै केही नेताले गठबन्धनलाई पत्र नपठाई मोर्चालाई पठाएर डिभाईड एण्ड रुलको नीति अख्तियार गरेको भनि गरेको टिप्पणी प्रति आपत्ति प्रकट गरे । 
 
उनले भने,‘ प्रधानमन्त्रीको पत्रले डिभाईड एण्ड रुल गर्दैन । मोर्चाको आफ्नो अस्तित्व छ । गठबन्धनको निर्माण हुँदैमा मोर्चा सकिएको छैन । मोर्चा लामो संघर्षबाट आएको हो । मोर्चा अहिले आन्दोलन गर्न मात्रै काठमाडौ आएको हो । उसलाई संबोधन गरेर पत्र लेख्नु सकारात्मक हो ।’यदपि महतोले प्रधानमन्त्रीको पत्र दुई पानाको काम नलाग्ने दस्तावेज भन्दै ‘खोदा पहाड निक्ला चुहियाँ’ भनि टिप्पणी गरे । उनले प्रधानमन्त्रीले पठाएको विषयमा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर उपयूक्त जवाफ दिने जानकारी दिदै त्यसकोलागि केही दिनमै मोर्चा बैठक बस्ने स्पष्ट पारे । 
 
मंगलबार प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नै नगरी सर्वदलीय बैठक बोलाएको स्पष्ट पार्दै आफूहरुसँग छलफल गरेर बैठक बोलाएको र समयसमेत आफुहरुकै आग्रहमा सारिएको भनि कानून मन्त्री अग्नी खरेलले दिएको झुठो र कपोकल्पित भएको दावी गरे ।संघीय गठबन्धनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत प्रक्रिया अपनाएर लिएको आरोप लगाउँदै आफूहरु कोही पनि नभएको बेला नेतृत्व लिने निर्णय गरेकोले त्यसमा आफूहरुको आपत्ति रहेको स्पष्टपारे । 
 
महतोले मधेस आन्दोलनको क्रममा मृत्यू भएकालाई शहीद घोषणा, शहीद परिवारलाई क्षतिपूर्ति, घाईतेको उपचार, झुठा मुद्दा फिर्ता, धरपकड बन्द र आफूहरुले पेश गरेको ११ बुँदे मागमा सरकारले आफ्नो धारणा सार्वजनिक गरे बार्ता गर्न तयार रहेको बताउँदै ३६ पटक उपलब्धि विहीन बार्ता गरेकोले यथास्थितिमा विश्वास नभएको बताए । उनलेभने,‘ हामीले ३६ पटक सरकरासँग बार्ता गर्यौ तर कुनै उपलब्धि भएन । सरकार बार्ताबाट समस्या समाधानमा जिम्मेवार छैन । अबको बार्ता सार्थक हुनु पर्छ । हामी बार्ताबाटै समस्या समाधानको पक्षमा छौ ।’
 
महतोले प्रमुख दलहरुले आफूहरुले उठाएको मागमा संविधान संसोधन गरेपनि आफूहरुसँग कुनै छलफल नै नगरी आन्दोलनलाई कमजोर बनाउने गलत उदेश्यले गरिएको दावी गर्दै प्रमुख दलले दावी गरे जस्तो संविधान संसारकै उत्कृष्ट भए किन संसोधन गरेको भनि प्रश्न गरे ।  उनले  झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर मधेसकै क्षेत्र भएकोले त्यो कुनै पनि हालतमा मधेसमा रहने दावी गर्दै त्यस क्षेत्रका सबै समूदायका जनता मिलेर बसेकोले त्यसमा आपत्ति मानिरहनु पर्ने कुनै आवश्यकता नरहेको तर्क गरे । 
 
सरकार परिवर्तनको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासमा महतोले काग्रेस, एमाले र माओवादी तीनवटै पार्टीले आफूहरुप्रति बेईमानी गरेकोले एउटा फोहोरलाई अर्को फोहोरमा फालेर सफा नहुने भनि टिप्पणीगर्दै  आफूहरु अहिले केपी शर्मा ओली नेतृत्वको सरकार भने ढलोस भन्ने पक्षमा रहेको स्पष्टपारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ