arrow

कोहलपुरमा उपचाररत संक्रमित ट्रिपर चालकको मृत्यु

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
Dead_Body.jpg.jpeg

नेपालगन्ज । अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेका अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ का ४२ बर्षीय पुरुषको मंगलबार विहान ९.२० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

ट्रिपर चालक ती पुरुष साउन २७ गते दुर्घटनामा परी भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा भदौ ४ गते स्वाब लिएर परिक्षण गर्दा भदौ ५ गते रिपोर्ट पोजिटिभ आएको थियो । सोही दिन उनलाई युनिभर्सलले भैरहवाकै भिम अस्पतालमा पठाएको थियो ।

त्यसपछि उनलाई थप उपचारका लागि भदौ ११ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । गम्भीर खालको निमोनियाबाट ग्रसित ती पुरुषको उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

यसअघि पनि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाहिरी जिल्लाबाट आई उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । ती मध्ये एक जना कैलाली र अर्का एक जना अछामका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ