arrow

राप्तीसोनारीका योजना प्रमुख पौडेलले पाए सर्वोत्कृट कर्मचारीको सम्मान

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
balananda.PNG

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले योजना शाखा प्रमुख बालानन्द पौडेललाई सर्वोत्कृट कर्मचारीको रुपमा सम्मान गरेको छ । निजामति कर्मचारी दिवसको अवसरमा गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पौडेललाई नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उनको कार्यसम्पादन, अनुशासन र सेवाग्राहीलाई गर्ने ब्यवहारको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

यसैगरी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सब-इन्जिनियर रामबहादुर बुढा, वडा नम्बर ३ का वडासचिव बुद्धिराम भण्डारी, वडा नम्बर ४ का वडासचिव शैलजा चौधरी, स्वास्थ्य चौकी बिनौनाका स्वास्थ्यकर्मी जश्मी बुढाथोकी र कार्यालय सहयोगी मोतिराम चौधरी तथा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी जंगु चौधरीलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । सम्मानित सबैलाई प्रति ब्यक्ति ५ हजार रुपैयाँका दरले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको बस्नेतले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए । कर्मचारीले राम्रो काम गरेर हरेकले सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।  'इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाब मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ अध्यक्ष थारुले भने ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अनुशासन र कामले नै कर्मचारीको मूल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनुपर्ने बताए । उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे ।

 यस्तै योजना शाखा प्रमुख पौडेलले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए। ‘कार्यालयले सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेपछि मैले थप जिम्मेवारी बढेको महसुस गरेको छु,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ