arrow

दुई नाबालक छोरीलाई खोलामा डुबाएर हत्या गरी चौरमा राखिन सविताले

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
Parsa-hamrakura.jpg.jpeg
पर्सा । पर्साको भेडियाईमा एक महिलाले दुई नाबालक छोरीको हत्या गरी आफुले समेत हत्याको प्रयास गरेकी छन् । बारा बडेवा बैरियाकी सवितादेवी साहले आफ्ना चार वर्षीया छोरी काजलकुमारी र तीन वर्षीया छोरी अनिताकुमारी साहको खोलामा डुबाएर हत्या गरेकी हुन् । घरयासी विवादका कारण सविताले यसो गरेको स्थानीयले प्रहरीलाई बयान दिएका छन् । 
 
पर्साको विरगन्जमा आफ्नो दिदिको घरमा गएको समयमा उनले यस्तो अपराध गरेकी हुन् । विरगन्ज– बाराको सीमाना नजिकैको खोलामा उनले दुर्व छोरीलाई डुबाए हत्या गरी खुला चौरमा राखेको जिल्ला प्रहरी पर्साबाट घटनास्थलमा खटिएका प्रहरी निरीक्षक याम गुरुङले हाम्राकुरालाई जानकारी दिए । 
 
गुरुङका अनुसार ती महिलाले आफु समेत मर्न भन्दै खोलामा हाम फालेको र खोला मान्छेलाई बगाउने र डुबाउने खालको छैन । दुर्घटनास्थल पर्साको भेडियाई गाविसमा पर्दछ । सविता प्रहरीको नियन्त्रणमा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ