arrow

गृहले यातायात मजदूरलाई भन्यो–चक्काजाम गरे कारबाही

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
Home_ministry_nepal.jpg.jpeg
काठमाडौं । गृहमन्त्रालयले संशोधित ऐनप्रति विमतिराख्दै चक्काजाम गर्ने निर्णय गरेको यातायात मजदूरलाई गृहमन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । 
 
मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो कार्य गर्न नगर्न सम्बन्धित सबैमा आग्रह गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गर्ने गरेको कारबाही दर बढाइएको विरोधमा यातायात व्यवसायीले यही जेठ १३ गते देशव्यापी चक्काजाम गर्ने घोषणा गरेको थियो । 
 
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘आन्दोलन र विरोधको नाममा संविधान र प्रचलित कानून विपरितका कृयाकलापमा संलग्न व्यक्ति तथा समूहलाई प्रचलित कानून बमोजिम कारबाही हुने हुँदा यस्ता गैरकानुनी काम नगर्न नगराउन समेत सम्बद्ध सबैमा गृहमन्त्रालय अनुरोध गर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ