arrow

संगठन सुदृढीकरणमा तात्यो काँग्रेस

गाउँ गाउँमा एक एक झण्डा हस्तान्तरण

logo
पुष्पराज भट्टराई,
प्रकाशित २०७३ जेठ ११ मंगलबार
congress-flag.jpg.jpeg.jpeg
कालिकोट ।  नेपाली कांग्रेस कालिकोटले मंगलबारदेखि संगठन सुदृढिकरण अभियान थालेको छ । इलाका नं एकको पाँखाबाट सुरु गरेको छ ।  संगठन सदृढिकरण अभियान अन्र्तगत कालिकोटको पाखामा आयोजित कार्यक्रममा कांग्रेस सभापति हर्ष बंमले अभियानको सुभारम्भ गरेका हुन् ।
 
 इलाका नं एक को पाखामा आयोजित आमसभालाई सम्बोधन गर्दै कांग्रेस कालिकोटका सभापति हर्ष बहादुर बंमले अभियानको सुभारम्भ गरे  ।  उनले राजनीतिक आन्दोलन सकिएकाले आर्थिक र सामाजिक क्रान्तिको पालो आएको र त्यसको नेतृत्व कांग्रेसल लिने बताए  ।
 
 अहीले सम्मको नेतृत्व कार्यक्रम महाधिबेशन प्रतिनिधि हिक्मत बिष्टले स्वतन्त्रता लोकतन्त्रका लागि कांग्रेस बलियो हुनु पर्ने बताए  । कार्यक्रममा नेपाली कांग्रेसका सचिव नन्द बहादुर सिंह, शिक्षक संघका अध्यक्ष मानबहादुर रोकाया, लोकतान्त्रिक गैसस महासंघका केन्द्रिय उपाध्यक्ष अशोक नाथ योगी प्रेस युनियनका केन्द्रिय सदस्य खगेन्द् भटराई जिल्ला सदस्य जनक बिष्ट दमन बहादुर शाही नेबिसंघका नेत्र देबकोट लगाएतले गाउ गाउँमा अभियानले कांग्रेसजनहरुको लहर सृजना हुने बताए ।
 
  ९ वटै इलाकामा कार्यक्रम गरि कांग्रेसको झन्डा हस्तान्त्रण गर्ने योजान अनुसार  अव राचुलि लगायतका २८ गाविसमा हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ