arrow

टोखामा कोरोना संक्रमितको संख्या ३१८

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
Tokha_Nagarpalika.png

काठमाडौँ । टोखा नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ३१८ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या ३१८ पुगेको हो । जसमध्ये सबैभन्दा थोरै वडा नं २ मा एक र सबैभन्दा धेरै वडा नं ७ मा ४५ संक्रमित भेटिएका छन् । 

यस्तै, वडा नं १ मा चार, वडा नं २ मा एक, वडा नं ३ मा २१, वडा नं ४ मा २९, वडा नं  ५ मा ४३, वडा नं ६ मा ३२, वडा नं ७ मा ४५, वडा नं ८ मा २४, वडा नं ९ मा १६, वडा नं १० मा २९ र वडा नं ११ मा ३० संक्रमित छन् । 

कोरोना संक्रमितमध्ये १५२ जना निको भएर घर फर्किसकेको, १०४ जना होम आइसोलेसन र ५६ विरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । तीनजना अहिलेसम्म सम्पर्कविहिन छन् ।

 टोखा नगरपालिकाले कोरोना संक्रमित विरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शैयाको आइसोलेसन सेन्टर स्थापना गरेर विरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।

यस्तै, टोखाले नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएपछि भदौ २१ देखि २६ सम्म नगरपालिका कार्यालय बन्द गरेको छ । नगरपालिका कार्यालय बन्द रहेपनि कोरोना संक्रमणको रोकथाम र उपचारका कुनैपनि काम नरोकिने नगरप्रमुख अधिकारीले बताए ।

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले बुधबारदेखि प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गर्न लागेको जनाएको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर  होम आइसोलेसनमा बसेका विरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ ।

 नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर विरामीको उपचार गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ