arrow

बाजुरामा थप एकजनामा कोरोना संक्रमण देखियो

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
covid-test-positive-corona.jpg

बाजुरा। जिल्लामा एक  जना सरकारी कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । आइतबार स्वाव संकलन गरी धनगढि पठाएको थियो । बाजुराबाट २ सय ५६ जनाको स्वाव संकलन गरि पठाउदा १ जनामा मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । २ सय ५५ जनाको रिर्पोट भने निगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए  । हाल सम्म बाजुरामा ५७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

५७३ जना विरामी कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका छन्।  एक जना आइसोलेसनमा रहेका छन् । दुई जनाको कोराना संक्रमणकै कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले आज जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । कोरना संक्रमणकै कारण होटेल पसल बन्द छन् ।  दैनिक ज्यालादारी खाने मज्दुरको चुलो बल्न बन्द भएको छ । बिद्यालय क्याम्पस लगायत शैक्षिक संस्था बँद छन्  । 

“६-६ महिना सम्म विध्यालय बन्द हुंदा बिध्यार्थीको शैक्षिक भविस्य अन्धकार भएको छ, शैक्षिक सत्रको अन्योलता बढेको र विध्यार्थीहरुमा मनो बैज्ञानिक असर देखापर्न थालेको र कुलतमा फस्ने सम्भावना रहेको छ । ” जाल्पादेबी माध्यामकि विद्यालयका प्रधानाध्यापक बेदप्रकाश जोशीले भने  । कोरोनाको भयावह अबस्थाबाट बिद्यालय क्षेत्र यथासिघ्र मुक्त गर्न प्रयत्न गर्नु पर्ने र बिद्यलयमै भौतिक कक्षाहरु सञ्चालन गर्ने वातावरण बनाउनु पर्नेछ ।

बैकल्पिक शिक्षा  प्राप्त गर्ने वातावरण हुनुपर्ने । रेडियो टेलिभिजन जस्ता माध्यामबाट भैरहेका कक्षाको प्रभावकारिता वढाउन अभिभावकहरुले बालवालिकालाई प्रत्यक्ष निग्रानीमा रखेर सहभागी गराउनुपर्ने । टेलिफोन इन्टरनेट सेवा  सबैको पहुँचमा हुने पर्ने धरणा प्रधानाध्यापक  जोशी लगायतका शिक्षकको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ