arrow

धनगढीमा ३७ प्रहरीसहित सुदूरपश्चिममा थप ७० जनामा संक्रमण पुष्टि

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
covid-test-positive-corona.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित सशस्त्र प्रंहरी गणमा कार्यरत ३७ जना प्रहरी सहित विहिवार सुदूरपश्चिम प्रदेशमा थप  ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार सेती प्रादेशीक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 बिहीबार धनगढीमा ५० जनामा संक्रमित पुष्टि भएको छ, ती मध्ये ३७ जना प्रहरी हुन् । सशस्त्र प्रहरी गण धनगढीका ३७ जनामा कोरोना संक्रमण भएको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए । उनका अनुसार बिहिवार सम्म सुदूरपश्चिम प्रदेशमा ८३ जनामा संक्रमण पुष्टि भएको छ । हाल सम्म सुदूरपश्चिम प्रदेशका २२ सय ७८ जना प्रहरीको स्वाव परिक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए ।

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १९ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका ६७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ५० जनामा संक्रमण पुष्टि भएको हो । ति मध्य ३७ जना नेपाल प्रहरीका रहेका छन् ।  

बाँकी मध्य गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका एक जना, चुरे गाउँपालिकाका दुई जना, घोडाघोडी नगरपालिकाका एक जना र कञ्चनपुरको पुर्नवासका दुई जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए । 

विहिवार नै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उता डडेल्धुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा  संक्रमितको संख्या ६ हजार तीन सय ८८ पुगेको छ । उनीहरु मध्ये पाँच हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ