arrow

कपिलवस्तुमा कोरोनावाट एक युवाको मृत्यु, एकै दिन ४६ संक्रमित थपिए

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
kapilbastu4.jpg

कपिलवस्तु । कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तुका नगरपालिका वडा नम्बर ५ का २९ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलस्तुले जनाएको छ । 

बिरामी परे पछि उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टी भएको थियो । उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृतक ज्लादारी  काम गर्ने गर्थै । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।

जिल्लामा बिहिवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ  । एकैदिन ४ पालिकाका ४६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । 

थपिएका  ४६ सहित कपिलवस्तुमा संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ । जिल्लाको वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउंपालिकाका ४६ जना रहेका छन् । 

थपिने संक्रमितहरुमा नेपाल प्रहरी, शिक्षक, विद्यार्थी, गृहिणी, सामाजिक कार्यकर्ता, कर्मचारी र वैदेशिक रोजगारीमा गएका रहेका छन् ।उता कोरोना पोजेटिभ भएर आइसोलेशनमा बसेका व्यक्तिहरुपनि निको भएर घर फर्कनको संख्या बढेको छ । जिल्लाको कुल १ हजार २ सय २४ कोरोना संक्रमित मध्ये १ हजार ६२ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ