arrow

दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
Suicide-Drinking-Poison.jpg

काठमाडौँ । सरकारले आत्महत्या रोक्नका लागि आजदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन शुरु गरेको छ । आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हेल्पलाइन शुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य  शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले जानकारी  दिए ।

 लगनखेलस्थित मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०–०१–२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ । 

उनले दुवै नम्बरमा कुनै पनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने बताए । मानसिक अस्पतालमा बिहान ८ देखि साँझ ८ बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घण्टा नै मनोचिकित्सकले परामर्श दिने छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । यस हिसाबले हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याबाट मृत्यु हने गरेको छ । 

विश्वव्यापी आत्महत्याका घटनामध्ये ७९% घटना नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशमा हुने गर्दछन् । नेपालमा भने हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौँ स्थानमा छ । 

नेपालमा केही स्वास्थ्यसम्बन्धि काम गर्ने सङ्घसंस्थाले केही बर्षदेखि नै निःशुल्क हेल्पलाइन शुरु गरेका छन् । अध्ययनले यस सेवाको प्रयोगपश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाटपछि हटेको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ