arrow

स्थानीय तहको रिक्त पदाधिकारीको विवरण माग

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
general-ministry1.jpg

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई  निर्देशन दिएको छ । 

मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले  समितिलाई पत्र लेख्दै यही भदौ ३० गतेभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिएका हुन् । 

यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण सङ्कलन गरी उपनिर्वाचन गरेको थियो । गत मङ्सिर १५ गते निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । 

उक्त  उपनिर्वाचन स्थानीय तहका धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष, एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षको लागि निर्वाचन भएको थियो । यस्तै सोही उपनिर्वाचनमा प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नं २, प्रदेशतर्फ भक्तपुर निर्वाचन क्षेत्र नं १ को क, बागलुङ क्षेत्र नं २ को ख र दाङ क्षेत्र नं ३ को ख मा प्रदेशसभा सदस्यका लागिसमेत निर्वाचन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ