arrow

बाढीले बगाउँदा दुईको मृत्यु, चार घाइते

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । बाजुरा जिल्लाको रुगिन गाविस–६ मा गएराति आएको बाढीले बगाएर दुई बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
 
मृत्यु हुनेमा सोही वडाका १० वर्षीया निखील बुढा र ६ वर्षका दीर्घ बुढा रहेका छन् भने घाइतेको नाम आएको छैन । मङ्गलबार साँझ परेको पानीले कवाडी खोलामा आएको बाढीले त्यस बस्तीका ५० देखि ६० घर छाना बगाएको छ । 
 
हालसम्म क्षतिको विवरण आएको छैन । बाढीले स्थानीयको ३० बाख्रा, सात गाईसमेत बगाएको छ । सदरमुकाम मार्तडीबाट ३० कोष टाढा अर्थात् तीन दिनको पैदलदुरीमा रहेको छ । उद्धारका लागि बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ