arrow

एक सय ३१ महिला हिंसामा १० प्रतिशतको हत्या

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
hinsa-new.jpg.jpeg
काठमाडौँ  । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ । ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनअनुसार नेपालभर महिलामाथि हुने विभिन्न हिंसाका १३१ घटना भएको र त्यसमध्ये २९ घटना पत्रपत्रिकाबाट लिइएको थियो । 
 
प्रतिवेदनमा महिला हिंसाका घटनामध्ये ६० प्रतिशत घटना तराईमा घटेका छन् भने पहाडी क्षेत्रका ३१ र हिमाली क्षेत्रको ९ घटनालाई लिइएको हो । महिलामाथि भएका हिंसामध्ये ३५ प्रतिशत महिला तथा किशोरीमाथि शारीरिक हिंसा र ३१ प्रतिशतमाथि मानसिक हिंसा भएको थियो । हिंसामा परेका १० प्रतिशत महिलाको भने हत्या भएको थियो । 
 
यसैगरी ६ प्रतिशत महिला बलात्कारमा परेका थिए भने ५ प्रतिशत महिला यौनजन्य हिंसा र २ प्रतिशत महिलामाथि बलात्कार प्रयास भएको थियो । प्रतिवेदनले आफ्नानजिकका आफन्त, नातेदारबाट हिंसामा पर्नेको सङ्ख्या ५६ प्रतिशत देखाएको छ । हिंसामा पर्नेमध्ये १६ प्रतिशत परिवारका सदस्यबाट, ९ प्रतिशत छिमेकीबाट, २ प्रतिशत शिक्षकबाट र १४ प्रतिशत अन्य (साथी, प्रेमी) बाट हिंसापीडित छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ