arrow

छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
Dhading-hamrakura.jpg.jpeg
धादिङ । आफ्नै छोरीलाई ललाइफकाई दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार जिल्ला अदालतमा पेश गरेको छ ।  झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए ।  
 
आचार्यमार्फत विदेश बेच्न लान लागेको शङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो । अभियुक्त दुवैलाई मानव बेचबिखन अन्तर्गत मुद्दा चलाइने प्रहरीे जनाएको छ । यसैगरी ४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय एक जनालाई मङ्गलबार प्रहीले पक्राउ गरेको छ । 
 
पटक–पटक बलात्कार गरेकोे पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालले  जानकारी दिएको छ ।  अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ