arrow

ओलीको बोलीले जनता झुक्किए : नेता जोशी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ जेठ १२ बुधबार
nagendra-raj.jpg.jpeg
पाँचथर । कांग्रेस नेता एवं सांसद नविन्द्रराज जोशीले अहिलेको सरकारले सस्तो लोकप्रियताको नाममा जनतालाई झुक्याउने काम मात्रै गरेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा बिहान पार्टी भेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै जोशीले भूकम्प पीडितलाई पुनःस्थापना तत्काल राहत र बढ्दो कालोबजारी न्यूनिकरण गर्नुको साटो हावादारी कुरा गरेर सरकारको आयु मात्रै वढाउने काम गरेको आरोप लगाए । 
 
पार्टी संघीय गठवन्धनको मागप्रति गम्भीर रहेको बताउँदै नेता जोशीले उनीहरुको माग सम्बोधनका लागि अहिलेको सरकार लाग्नुपर्ने बताए । उनले अहिलेको मुख्य समस्या भनेको भूक्म्प पीडितलाई तत्काल घर निर्माणको निम्ति सहज प्रक्रियाबाट राहात वितरण गर्नुपर्ने ठाउँमा अहिले प्राधिकरण प्रमुख नै विदेश भ्रमणमा जानु दुखद भएको बताए । 
 
नेपाली कांग्रेसले सरकारमा जान हतारो नगरेको तर एमाओवादीले नै अहिलेको वर्तमान सरकार असफल भइसकेको र आफनै नेतृत्वमा सरकारमा जाने निर्णय गरेकोले काग्रेसले साथ मात्रै दिएको उल्लेख गरे । सो सरकार म्यादी सरकार भएकोले धेरै दिन टिक्न नसक्ने जोशीको टिप्पणी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ