arrow

सरकारले नियम विपरित अगुवा–पछुवा पठाएको भए फिर्ता लेओस् : बाबुराम भट्टराई

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री  बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीको हैसियतमा अनावश्यक सुरक्षाकर्मी नराखेको प्रष्ट्याएका छन् । उनले अनावश्यक सुरक्षाकर्मी राखेको भए फिर्ता लैजान समेत भनेका छन् । 
 
भट्टराईको नीजि सचिवालयले प्रेस नोट जारी गरेर यसो भनेको हो । प्रेस नोटमा ‘भट्टराईको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु उहाँले माग गरेर नभई सरकारले नै उपलब्ध गराएको र मलाई यतिनै सुरक्षाकर्मी चाहिन्छ भनेर उहाँले कहिल्यै पनि सरकारसंग माग गर्नु भएको छैन । सरकारले जे जति सुरक्षकर्मीहरु पठाएको हो त्यही टोली नै उहाँको सुरक्षामा खटिएको छ ।’– भनिएको छ । 
 
केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा पूर्वपदाधिकारीलाई सरकारले उपलब्ध गराएको सुरक्षाकर्मीका विषयमा समाचारहरु प्रकाशित प्रसारित भएको उल्लेख गर्दै प्रेस नोटमा ती समाचारको आशयमा भट्टराईको नाम समेत उल्लेख भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 
 
केही दिन अघिमौ नेपाल सरकारका मुख्य सचिवलाई भट्टराईले नियमानुसार मात्रै आफुलाई सुरक्षा प्रदान गर्न आग्रह गरेको पनि सचिवालयले प्रष्ट्याएको छ । यस्तै, भट्टराईले नियमविपरित कुनै पनि सेवा सुविधा आफुलाई नचाहिने भन्दै नियमविपरित सरकारले सुरक्षाकर्मी पठाएको भए फिर्ता गर्न समेत आग्रह गरेका सचिवालयको भनाई छ । 
 
स्वकीय सचिव विश्वदीप पाण्डेले जारी गरेको प्रेस नोटममा ‘गत असोजदेखि (नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि) हालसम्म बाबुराम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अगुवा र पछुवा गाडी समेत प्रयोग गर्नुभएको छैन । उहाँले प्रयोग गर्ने गाडीमा नै एक जना नेपाल प्रहरीबाट र एक जना सशस्त्र प्रहरी बलबाट गरी दुई जना सुरक्षा अधिकृत लिएर हिँड्ने गर्नुभएको छ ।’–भनि उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ