arrow

टाईगर प्यालेसबाट निकालिएका कामदारले गठन गरे संयुक्त संघर्ष समिति

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ २८ आइतबार
tiger-palace.jpg

रुपन्देही । एक ईमेल पठाएर टाईगर प्यालेसमा कार्यरत स्थानिय स्वदेशी कर्मचारी तथा कामदारहरुलाई कामबाट निकालिएपछि उनीहरुले त्यसको चर्को विरोध गरेका छन् । आईतवार उक्त टाईगर वान प्राली (प्यालेस)बाट निकालिएका कामदारहरुले एक सयुक्त संघर्ष समिति गठन गरेका छन् । 

टाईगर वान प्राली भैरहवा र एस.एच.एल म्यानेजमेन्ट सर्भिसेस के.टि.एम प्रालीको संयुक्त भेलाले सो प्रालीमा कार्यरत ३ सय ९३ जनालाई कामबाट निकालिएपछि कर्मचारी कामदारहरुलाई पुर्नवहाली गराउन सयुक्त संघर्ष समिति गठन गरिएको समितिका संयोजक चित्र भण्डारीले जनाएका छन् ।

समितिले जिल्लास्थित श्रम कार्यालय बुटवल, एस.एच.एल म्यानेजमेन्ट सर्भिसेस के.टि.एम प्राली भैरहवा शाखा, टाईगर वान प्राली, एस.एच.एल म्यानेजमेन्ट सर्भिसेस के.टि.एम प्राली शाखा भैरहवाको आधिकारिक युनियन र सिद्धार्थ होटल एसोसियन नेपाल लगायतलाई पत्र लेखि गैरकानुनी रुपमा कामबाट हटाइएको जनाएका छ्न्।

समितिका संयोजक चित्र भण्डारीले कोरोनाको कहरलाई ढाल वनाएर कामदारहरुको टाउकोमा गोली हानेको वताए ।

सोही टाईगर वान प्राली (पाँच तारे) होटलमा विदेशी कामदारहरुले निर्वाध रुपमा भिसाको म्याद सकिएर काम गर्दा पनि केही नगरेको प्रालीले स्थानिय स्वदेशी कामदारहरुलाई भने अन्याय गरेको निष्काशित कामदारहरुले वताएका छन् । साथै उनीहरुले पूर्नवहालीको माग पूरा नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने वताएका छन् । 

समितिको संयोजकमा चित्र भण्डारी, सह–संयोजकमा विनोद वजगाई, सदस्यहरुमा चाम गुरुङ्ग, पुष्कर भण्डारी, अविशेष खनाल, ईश्वर पाण्डे, एविना गुरुङ्ग, सुरज पाण्डे, विशाल वहादुर कार्की, गोविन्द गौतम र अदिप थापा लगायत रहेका छन् ।

यो पनि पढ्नुस्

एक इमेल पठाएर टाईगर प्यालेसले निकाल्यो ३९३ कर्मचारी, भिसा सकिएका विदेशीलाई रातो कार्पेट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ