टाईगर प्यालेसबाट निकालिएका कामदारले गठन गरे संयुक्त संघर्ष समिति
नारायण वली,
प्रकाशित २०७७ भदौ २८ आइतबार
742
Shares
रुपन्देही । एक ईमेल पठाएर टाईगर प्यालेसमा कार्यरत स्थानिय स्वदेशी कर्मचारी तथा कामदारहरुलाई कामबाट निकालिएपछि उनीहरुले त्यसको चर्को विरोध गरेका छन् । आईतवार उक्त टाईगर वान प्राली (प्यालेस)बाट निकालिएका कामदारहरुले एक सयुक्त संघर्ष समिति गठन गरेका छन् ।
टाईगर वान प्राली भैरहवा र एस.एच.एल म्यानेजमेन्ट सर्भिसेस के.टि.एम प्रालीको संयुक्त भेलाले सो प्रालीमा कार्यरत ३ सय ९३ जनालाई कामबाट निकालिएपछि कर्मचारी कामदारहरुलाई पुर्नवहाली गराउन सयुक्त संघर्ष समिति गठन गरिएको समितिका संयोजक चित्र भण्डारीले जनाएका छन् ।
समितिले जिल्लास्थित श्रम कार्यालय बुटवल, एस.एच.एल म्यानेजमेन्ट सर्भिसेस के.टि.एम प्राली भैरहवा शाखा, टाईगर वान प्राली, एस.एच.एल म्यानेजमेन्ट सर्भिसेस के.टि.एम प्राली शाखा भैरहवाको आधिकारिक युनियन र सिद्धार्थ होटल एसोसियन नेपाल लगायतलाई पत्र लेखि गैरकानुनी रुपमा कामबाट हटाइएको जनाएका छ्न्।
सोही टाईगर वान प्राली (पाँच तारे) होटलमा विदेशी कामदारहरुले निर्वाध रुपमा भिसाको म्याद सकिएर काम गर्दा पनि केही नगरेको प्रालीले स्थानिय स्वदेशी कामदारहरुलाई भने अन्याय गरेको निष्काशित कामदारहरुले वताएका छन् । साथै उनीहरुले पूर्नवहालीको माग पूरा नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने वताएका छन् ।
समितिको संयोजकमा चित्र भण्डारी, सह–संयोजकमा विनोद वजगाई, सदस्यहरुमा चाम गुरुङ्ग, पुष्कर भण्डारी, अविशेष खनाल, ईश्वर पाण्डे, एविना गुरुङ्ग, सुरज पाण्डे, विशाल वहादुर कार्की, गोविन्द गौतम र अदिप थापा लगायत रहेका छन् ।