arrow

इशान र शेषनारायण सरकारी वकिल कार्यालयबाट फिर्ता, विहिबार सिडिओलाई बुझाइने

सिंहदरबारमा रगत भन्दै रातो रङ्ग छ्याप्नेको कथा

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
raktim-birodh.jpg.jpeg
काठमाडौं । सिंहदरबारको पश्चिम गेट अर्थात् मूल प्रवेशद्वारको भित्तामा रगत जस्तै देखिने रातो रङ्ग छ्याप्ने इशान अधिकारी र उनलाई साथ दिएको भनिएका शेषनारायण झालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउने भएको छ । 
 
प्रशासनमा बुझाउने सम्पूर्ण तयारी पूरा भएपनि वुधबार समय अभाव भएका कारण सरकारी वकिल कार्यालय बबरमहलबाट फिर्ता भएको महानगरीय प्रहरी परिसर बृत्त सिंहदरबारका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसीले जानकारी दिए । केसीले भने,  ‘पहिले हामीले सरकारी वकिल कहाँ लानु पर्ने भएकाले त्यहाँ लगियो, वकिल कार्यालयले विहिबार कार्यालय समयको पहिलो चरणमै बुझाउनुस् भनेपनि हामी फिर्ता भयौं । विहिबार सिडिओ साव कहाँ बुझाउँछौं ।’ 
 
बृत्तले दुबैलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । निषेधित क्षेत्रमा उश्रृंखल कार्य गरेको भन्दै आइतबार पक्राउ गरी सम्झाई–बुझाई  छाडिएकोमा मंगलबार समेत दुवैले त्यस्तै हर्कत गरेपछि पुनः पक्राउ गरी मंगबार अनुसन्धानका लागि म्याद थपिएको केसीले बताए । विहिबार म्याद सकिने भएकाले पहिले म्याद थपेर प्रशासनका बुझाउने तयारी गरेको केसीको भनाई छ । मंगलबार ३ दिनको म्याद थप भएको थियो । 
 
केसीले भने, ‘समस्या हुने थिएन, इशानसंगै पक्राउ परेका शेषनारायण अहिले आएर पत्रकार हुँ भनिरहेका छन् । त्यसैले निर्णयका लागि प्रशासनमा बुझाउन लागेका हौं ।’  केसीले हाम्राकुरासंग भने, ‘सार्वजनिक मुद्दा लागिसक्यो । निर्णयका लागि सिडिओ साव कहाँ बुझाउने तयारी भइसकेको छ । वुधबार बुझाउने कार्यक्रम थियो । समय अपुग भएकाले सकिएन ।’ विहिबार फस्ट आवरमै बुझाउँछौ । अहिले उनीहरु हाम्रै नियन्त्रणमा छन् ।   
 
इशानले सिंहदरबारको भित्तामा आफुले सांकेतिक विरोध स्वरुप रङ्ग छ्यापेको स्वीकारेका छन् । विरोध गर्न पाउने व्यक्तिको लोकतान्त्रिक अधिकार भएपनि  निषेधित क्षेत्रमा उश्रृंखल गर्न पाइँदैन । इशानले सिंहदरबारको भित्तामा रंङ्ग छ्यापेपछि स्वदेश बचाउनका लागि भन्दै निर्जल ब्रत प्रारम्भ गरेको सार्वजनिक अपिल समेत गरेका थिए । 
 
उनले सार्वजनिक गरेको अपिलमा पूरै नाम नलेखिएपनि ई. इशान स्वतन्त्र लेखेका थिए । हस्ताक्षरको स्थानमा औंठाछाप लगाएका उनले प्रहरीसंगको बयानमा आफु राजनीतिक कार्यकर्ता रहेको बताएका छन् । यद्यपि, उनी कुन् दलसंग सम्बिन्धित छन् भन्ने आफुहरुले नसोधेको प्रनाउ केसीले बताए । 
 
आफुलाई ईन्जिनियर समेत भन्ने उनले धेरै कुरा प्रहरीसंग खोलेका छैनन् । सिंहदरबारमा आफु रङ्ग छ्याप्नैकै लागि गएको बताइसकेकाले उनी सार्वजनिक अपराधको भागिदार बनिसकेका प्रहरीले जनाएको छ । यद्यपि उनीसंगै रङ्ग छ्याप्ने कार्यमा संलग्न रहेको भनिएका शेषनारायण झा पत्रकार हुन् । उनी समयवोध साप्ताहिकसंग आवद्ध रहेका र उनी पक्राउ परेको विरोधमा पत्रकार महासंघ ललितपुर शाखाले विरोध गर्दै रिहाईको माग गरेको छ । 
 
यसैबीच, प्रनाउ केसीले मधेसी पत्रकार भएकै नाताले राज्यले दमन गर्दै पक्राउ गरेको भन्ने हल्ला छ त्यो भ्रम मात्रै हो भनेका छन् । उनले भने, ‘उहाँ एक दिन हैन आइतबार र सोमबार लगातार पक्राउ पर्नु भएको छ । दुई दिन पक्राउ पर्दा समेत उहाँले पत्रकार हुँ भन्नु भएन । पछि तेस्रो दिन मंगलबार म्याद थपका क्रममा म पत्रकार हुँु भन्नु भयो । अहिले पत्रकार हुँ फोटो खिच्नका लागि गएको थिए भन्नु हुन्छ ।’
 
हामीले संलग्न भनेर पक्राउ गरेको हो । म्याद थप गर्दा समेत पत्रकार हो संलग्न नि भएको भन्नु भयो, केसीले थपे, ‘त्यहाँ संका गर्ने ठाउँ रहयो ।’ अर्का पत्रकार समेत त्यहाँ पुगेका थिए । उनी पनि पक्राउ परे । सन्तोष ओझाले हो म रिपोटिङका लागि गएको हुँ भने, हामीले छाडि दियौं । उहाँले त्यसो भन्नु भएन । उल्टै लुकाउनु भयो । इशानले म रङ्ग छ्याप्नकै लागि गएको हुँ भने । उनलाई छोड्ने कुरा रहँदैन । शेषनारायणको हकमा कतै निर्दोष व्यक्ति समातियो की भनेर सिडियो कहाँ बुझाउन लागिएको हो–केसीले विस्तारमा भने । सिडियो सावले जे गर्नु हुन्छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ