arrow

दुर्घटनामा परी मर्नेको सङ्ख्या पाँच पुग्यो

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
Nawalparasi-hamrakura.jpg.jpeg
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको गैँडाकोट–११ मा वुधबार विहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 
 
घाइतेमध्ये सल्यान सारदा नगरपालिका–२ की दुई वर्षीया ममी गिरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको यस अगावै मृत्यु भइसकेको थियो । जसमध्ये दुई महिलाको सनाखत भएको छ भने दुई पुरुषको सनाखत हुन बाँकी छ । सल्यान हुचा–९ की ४५ वर्षीया शीतली कुवँरले र सोही स्थानकी ३५ वर्षीया दिल्ली कुवँरको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
सल्यानबाट काठमाडौँ जाँदै गरेको बा २ क ११३७ नम्बरको मिनी ट्रक गैँडाकोट–११ हर्कपुरमा अनियन्त्रित भई सडक छेउमा पल्टँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ