arrow

सैन्य अधिकारीहरुलाई गोपनियता भङ्ग नगर्न सेनाको आग्रह

द्वन्द्वकालिन घटनाका विषय अद्यावधिक

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
nepal-army-new.jpg.jpeg
काठमाडौं । नेपाली सेनाले बहालवाला तथा अवकाश प्राप्त रथीहरुसंग भेट एवं छलफल गरेको छ । वुधबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले नेपाली सेना सम्बन्धी समसामयिक विषयवस्तु लगायत सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विषयमा अद्यावधिक गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जानकारी गराए । 
 
हाल सेनाको उच्च स्तरको अपरेशलन तयारी कायम राख्न तालिम, योजना र बन्दोबस्ती लगायतका विषयहरुलाई उच्चस्तरको बनाउनुपर्नेमा जोड दिँदै सेनापति क्षत्रीले पुनःनिर्माण, विकास निर्माण तथा प्रकृति संरक्षण तर्फ नेपाली सेनाको भूमिकाका बारेमा समेत अवगत गराए । 
 
क्षत्रीले नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताको ठूलो विश्वास एवं अपेक्षालाई अक्षुण्ण राख्नु नेपाली सेनालाई चुनौती र अवसर भएको बताए । यस्तै, बहालवाला तथा अवकाशप्राप्त सैनिक अधिकारीले आत्मबृत्तान्त तथा अन्य विषयहरुमा पुस्तक, लेख रचना तथा अन्तर्वाताहरु प्रकाशित गर्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई मध्यनजर राखी सकारात्मक योगदान दिने रुपमा प्रकाशित गर्नुपर्नेमा समेत क्षत्रीले जोड दिए ।  
 
यस्तै, नेपाली सेनाको वस्तुस्थिती, कल्याणकारी योजना तथा मानव अधिकार सम्बन्धि प्रस्तुतिकरण भएको थियो । महान्यायधिवक्ताको कार्यालयबाट समसामयिक विषयहरुमा अन्तरक्रिया समेत भएको छ । यस किसिमको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान गर्न थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महान्यायधिवक्ता हरि फुयाँल, रक्षा सचिव महेश प्रसाद दाहाल, पूर्व प्रधान सेनापतिहरु, सम्पूर्ण पिएसओज रथीहरु, अवकाश प्राप्त रथीहरु, विभिन्न निर्देशनालयका निर्देशक लगायत विभिन्न पृतनाका प्राड प्रमुखहरु सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ