arrow

नेपालगन्जमा बिहीबार बिहानै थपिए १० जना कोरोना संक्रमित 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ असोज १ बिहिबार
covid-test-positive-corona.jpg

नेपालगन्ज । बाँकेमा बिहीबार बिहानै १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याबमा गरिएको परिक्षणमा ९ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

थपिएका सबै नेपालगन्जका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

आज ४४ जना संक्रमित निको भई डिष्चार्ज भएका छन् । हालसम्म १ हजार १ सय ३२ जना निको भएका छन् । 

८ जनाको भने मृत्यु भइसकेको छ । कोहलपुरमा गरिएको परिक्षणमा बर्दिया र रुकुमका १–१ जनामा पनि कोरोना देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ