घर जलेर खरानी, भागेर जोगायो परिवारले ज्यान 

प्रकाशित मिति : २०७७ असोज १ बिहिबार

बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरकी सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ ।

घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । 

स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । 

घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए । 

नयाँ