म्याग्दी कोरोनामुक्त जिल्ला

प्रकाशित मिति : २०७७ असोज १ बिहिबार

गलेश्वर । म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । 

जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। 

एक महिनाअघि पनि म्याग्दी कोराना संक्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि म्याग्दीमा पुनः कोरोना संक्रमणयुक्त जिल्ला भएको थियो । संक्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजा बुधवार नेगेटिभ आएपछि  म्याग्दी पुनः कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।

प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र संक्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना संक्रमणमुक्त भएको हो । समुदायस्तरमा संक्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।

नयाँ