arrow

चक्का जामका कारण अलपत्र परेकाहरुकालागि प्रहरीको निशूल्क बस सेवा (रुट सहित)

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
nepal police.png.png
काठमाडौं। बिभिन्न यातायात ब्यवसायीले बिभिन्न माग राखी गरेको चक्काजामले सर्वसाधारणमा पर्न गएको असुविधा प्रति नेपाल प्रहरीले संवेदनशील हुँदै २ रुटमा आफ्नो निशुल्क बस सेवा संचालन गरेको छ। 
 
यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीले आज मिति २०७३-०२-१३ गते निम्न दुई वटा रुटहरुमा बेलुकी ५ बजेसम्मका लागि नि:शुल्क बस सेवा संचालन गरेको जानकारी गराउँदै सेवाको सदुपयोग गर्नु हुन अनुरोध गर्दछौं ।
 
रुट नं. १
नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रवीभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।
 
रुट नं. २
नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ