arrow

आस्थाकै आधारमा कर्मचारीको सरुवा गरेको भन्दै सांसद् गिरीको आपत्ति

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज २ शुक्रबार
shankar-giri-samsad-provinc.jpg

दाङ । नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य शंकर गिरीले प्रदेश सरकारले आस्थाकै आधारमा नीति नियम विपरित कर्मचारीहरुको सरुवा गरेको भन्दै भर्सना गरेका छन् । 

प्रदेश सभा सदस्य गिरीले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर ५ नं प्रदेशको कम्युनिष्ट सरकारले फेरि आफ्नो नैतिकता माथि प्रश्न चिन्ह खडा गरेको टिप्पणी गरेका हुन् । 

‘विश्वभर कोभिड–१९ ले आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा प्रभाव पारिरहेको बेला प्रदेश सरकारले ब्यापकरुपमा निजामति कर्मचारीहरुलाई सरुवा गरेको आफैमा प्रश्नित छ’ विज्ञप्तिमा भनिएको छ । 

कोभिड–१९ को भयावह अवस्थामा यातायात तथा अन्य सवारी सहजरुपमा चल्न नसकेको, देश गतिहिन अवस्थामा रहेको र संसद् समेत चल्न नसकेको अवस्थामा प्रदेश सरकारले मौकाको फाइदा उठाउँदै आफ्नो उदाङ्गो रुप प्रस्तुत गरेको भन्दै उनले भत्र्सना गरेका हुन् । 

गिरीले सरुवा एक नियमित प्रक्रिया भए पनि नेपाली काँग्रेसप्रति आस्था राखेकै भरमा निजामति कर्मचारीका नेता तथा कर्मचारीहरुलाई खोजी खोजी अपायक तथा हेपाहा तरिकाले सरुवा गरिएकोमा रोष प्रकट गरेका हुन् । 

मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा अझ ब्यापकरुपमा सबै मूल्य र मान्यता विपरित सरुवा गरिएको प्रदेश सभा सदस्य गिरीको भनाई छ ।

‘केन्द्र सरकारको नीति विपरित स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई कोभिड(१९ को भयावह अवस्थामा सरुवा नगर्ने भनिए पनि त्यसमा पनि प्रदेश सरकारले केन्द्र सरकारको नीति विपरित ब्यापकरुपमा सरुवा गरेकोप्रति घोर भत्सना गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ