रौतहटको गौर अस्पतालमा अत्याधुनिक रियल टाईम पिसिआर स्थापना
निरंजन कुमार साह,
प्रकाशित २०७७ असोज २ शुक्रबार
538
Shares
धनुषा । कोरोना महामारीको प्रतिकार्यका लागि प्रदेश नम्बर दुईमा प्रदेशका आठै जिल्लामा अत्याधुनिक रियल टाईम पिसिआर स्थापना तथा संचालन गर्ने नीति अनुरुप शुक्रबार रौतहटको गौर अस्पतालमा संचालनमा आएको छ।
प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा उद्घाटन भएको रियल टाईम पिसिआर स्थापना लगत्तै संचालनमा आएको छ।
कार्यक्रममा मन्त्री साहले भने पिसिआरको उद्घाटन गर्दै आवश्यक जनशक्ति र औजार उपकरणको अभाव हुन नदिन मन्त्रालय तयार रहेको बताए । साथै प्रदेश मातहतमा आए लगत्तै गौर अस्पतालको मुहार फेरेको बोल्दै भने अवका १-२ वर्षमै कयापलट हुने मन्त्री साह ले बताए ।
सो कार्यको लागि चालु आ. व. मै अहिलेसम्मकै सवभन्दा वढी वजेट निकाशा भएको थियो ।