arrow

जथाभावी नबोल्न उपेन्द्र यादवलाई चुरे भावरको चेतावनी

चुरे दोहन गर्नेलाई कारवाही गर्ने घोषणा

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
badrai-prashad-neupane.jpg.jpeg
काठमाडौ। चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकलाई द्धन्दमा फसाउने र विभाजन गर्ने जस्ता कुरा नबोल्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सचेत गराएको छ। 
 
पार्टीले बिहीबार पत्रकार सम्मेलन गरेर यादवले नश्लबादको कारण भारत तीन र जर्मन दुई टुक्रा भएको उदाहारण दिदै नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने भनि दिएको अभिब्यक्ति प्रति आपत्ति प्रकट गदै सचेत गराएको हो। 
 
पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष बद्री प्रसाद न्यौपानेले भने,‘ उपेन्द्र यादव कहिले मुलुकमा गृहयूद्ध हुन्छ भन्छन, कहिले नश्लबादी सोचका कारण भारत र जर्मन जस्तै मुलुक विभाजन हुन्छ भन्छन । यो के भनेको, हामी सचेत गराउन चाहन्छु, यस्तो बोल्नेलाई हामी छाड्दैनौ।’
 
न्यौपानेले आफ्नो अधिकार माग्दा अरुको अधिकारको पनि ख्याल गर्न सचेत गराउँदै फेरि पनि अनिश्चितकालिन बन्द र नाकाबन्दी जस्ता कार्यक्रम ल्याए त्यसको प्रतिकार गर्ने चेतावनी दिए । 
 
उनले भने,‘  मधेस वा अरु कुनै नाममा फेरि पनि जनतालाई दुख दिने काम गरे हामी प्रतिकारमा उत्रन्छौ । तपाईहरुका सांसदलाई संसदमा सुताउनुस, उतै आन्दोलन गर्नुस, जनतालाई दुख दिन नआउनुस ।’
 
राष्ट्रियता र स्वाधिनता रक्षाको विषयमा सबै राजनीतिक पार्टीसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्दै अध्यक्ष न्यौपानेले जनतालाई दुख दिने र जातीय द्धन्दमा मुलुकलाई लगेर आफ्नो अभिष्ट पुरा गर्न खोज्नेहरुको विरुद्ध उत्रने स्पष्ट पारे । 
उनले भने,‘ राष्ट्रिय एकता, सार्वभौमसत्ता, स्वाधिनताकोलागि र जातीयता, साम्प्रदायिकताको बिरुद्धमा सधै लड्न तयार छौ ।’
 
न्यौपानले तत्कालिन सरकारले चुरेभावर सँग विभिन्नसमयमा गरेको ३, ५ र ९ बुँदे सहमति अनुसार भावर प्रदेश हुनु पर्ने माग गर्दै गत महिना प्रधानमन्त्रीलाई बुझाएको १४ बुँदे माग पुरा नगरे आन्दोलनमा उत्रने चेतावनी दिए । 
 
उनले भने,‘ प्रधानमन्त्रीलाई हामीले १४ बुँदे मागपत्र बुझाएका छौ । अहिलेसम्म त्यसलाई बास्ता गरिएको छैन । हाम्रो सदासयतालाई कमजोरी नठानियोस । यसरी नै बेवास्ता गरे हामी तेस्रो चरणको आन्दोलनमा उत्रन्छौ ।’
 
न्यौपानले चुरे क्षेत्रमा भईरहेको प्राकृतिक स्रोत साधनको अबैद्य दोहनलाई रोक्न अब आफ्नो पार्टीले अभियान सुरु गर्ने जानकारी दिदै चुरे क्षेत्रमा राखिएका अबैद्य क्रसर र स्रोतको निकासी गर्ने साधन र उपकरण कब्जामा लिने चेतावनी दिए । 
स्थानीयहरुसँग सल्लाह नै नगरी राष्ट्रपति चुरे संरक्षण अभियान चलाएकोले सफल हुन नसकेको दावी गर्दै उनले यस विषयमा राष्ट्रपतिलाई भेटेर ध्यान आर्कषण गराउने तयारीमा आफूहरु रहेको जानकारी दिए । 
 
न्यौपानले पञ्चशिलको आधारमा नेपालले भारत र चीनसँग समान अस्तीत्वको आधारमा सम्बन्धलाई अझै मजबुद गर्दै लैजानु पर्ने धारणा राख्दै भारतलाई नेपालप्रति हेपाहा प्रबृत्ति नदेखाउन सचेत गराए । 
 
यातायात ब्यवसायी र मजदुरहरु आन्दोलनमा समर्थन जनाएका उनले पूर्वाधारको विकास नगरी जरिबानामात्रै बढाउँदा ब्यवसायी र मजदुर समस्यामा पर्ने र ट्राफिक प्रहरीलाई कमिसन दिदा उनीहरुले कमिसनकोलागि अनावश्यक दुख दिने गरेकोले यो ब्यवस्था तत्काल खारेज गर्न माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ