arrow

भिमदत्त राजमार्ग स्तरोन्नती कार्य जारी

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ असोज ३ शनिबार
Bhimdatta-highway-dadeldhur.jpg

डडेल्धुरा । राजमार्गमा हुने सडक दुर्घटना न्युनिकरण गर्नका लागि डडेल्धुरा सदरमुकाम पुग्ने राजमार्गको स्तरोन्नतीको काम भईरहेको  छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरुलाई तराईका दुई जिल्ला जोड्ने प्रमुख राजमार्ग भिमदत्त राजमार्गका विभिन्न क्षेत्रहरुमा सडक स्तरोन्नतीको काम भईरहेको छ ।

भिमदत्त राजमार्गको हगुल्टेलेक देखि डडेल्धुरा जिल्ला सदरमुकामसम्म संघीय सरकारको करिव तिन करोड रुपैयाको लागतमा राजमार्ग सडकको मोड सुधार गरी स्तरउन्नतीको काम भईरहेको हो ।

सडक डिभिजन कार्यालय डोटीका अनुसार मोडहरु सुधार सँगै सदरमुकाम बसपार्क नजिक ग्याभिङ पर्खाल लगाउने काम पछि दोश्रो टेण्डर आह्वान गरी सडक नाली र कालोपत्रे गर्ने काम अगाढी बढाईने जनाएको छ ।

पहाडी रुटमा सबै भन्दा बढी दुर्घटना हुने क्षेत्र साहुखर्कदेखि डडेल्धुरा सदरमुकामसम्म रहेको र सडक साँघुरो पनि भएकोले सो सडक खण्डमा मोड सुधार गरी स्तरोन्नती आवश्यक भएको हुँदा सडक दुर्घटनामा न्युनिकरण ल्याउन लागिएको जनाईएको छ ।

तराई र पहाडी जिल्लाहरुलाई जोड्ने मुख्य राजमार्ग सडक खण्डमा रहेका साँघुरा अग्ला घुम्तिहरुले विपरित दिशाबाट आउने मालबाहक ट्रक तथा अन्य साना ठुला यातायात सवारी साधनहरु नदेखिदा बर्षेनि दुर्घटनाका कारण सयौको ज्यान जाने गरेको छ ।

यस सडक खण्डमा भईरहेको मोड सुधार तथा स्तरोन्नती कार्यबाट सुदूरपश्चिमका सार्बजनिक यातायात संचालक व्यवसायी उत्साहित भएका छन भने सवारी दुर्घटनाको जोखिम कम हुने भन्दै यात्रुहरु खुशी भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ