arrow

शनिबार अपराह्न ४ बजे संसदमा बजेट पेस हुँदै

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
budget-bag.jpg.jpeg
काठमाडौँ। सरकारले आगामी आव २०७३÷७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ।
 
व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत गर्न सदनसमक्ष गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय निर्धारण गरिएको जानकारी दिइन्।
 
उनले बजेट प्रस्तुत हुने उक्त दिन सांसदहरुलाई ३.४५ बजेभित्रमा सदनमा उपस्थित भइसक्न पनि निर्देशन दिइन्।
 
संविधानतः हरेक वर्ष सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ। यसअघि असारको अन्तिम साता बजेट प्रस्तुत हुँदै आएको थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ