arrow

डुडुवा नाकामा तस्करी निमिट्यान्न पार्न खोजेका सईकै सरुवा 

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज ४ आइतबार
119649523_350508472970671_7.jpg

नेपालगन्ज । बाँकेस्थित डुडुवाको ईलाका प्रहरी कार्यालय कम्दीमा उत्कृष्ट कार्य गरेका प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्तको सरुवा गरिएको छ। 

उनको सरुवा भने तस्करी विरुद्ध कडा रुपमा उत्रिएका कारण तस्करहरुले सरुवा गराएको स्थानीयहरुले बताए । 

उनले गरेको उत्कृष्ट कार्यको मूल्यांकन नगरी जबरजस्ती सरुवा गरेको डुडुवाका स्थानीयहरुले आरोप लगाएका छन् ।

आफ्नो कार्यकालमा डुडुवामा ईमानदारीताका साथ कार्य गरेर थुप्रै सम्मान पाएका नायब निरीक्षक पन्त अवैध सामाग्री बरामद गर्ने नेपाल प्रहरीको अधिकारीमा बाँकेमा पहिलो नम्बरमा परेका छन् । अपराध र तस्करीको विरुद्धमा कडा रुपमा उत्रने नायब निरीक्षक पन्त जनताका प्रिय बन्न सफल बनेका छन् ।

६ महिना कम्दी प्रहरीको प्रमुखको रुपमा कार्य गरेका नायब निरीक्षक पन्तको शनिबार स्थानीयहरुले भब्य बिदाई गरेका हुन् । 

जिल्ला प्रहरी बाँके सरुवा भएका नायब निरीक्षक पन्तले आफू जहाँ गए पनि देश र जनताको लागि काम गर्न पछि नसर्ने बताए । 

कम्दीमा हुँदा नायब निरीक्षक पन्त तस्करहरुको पसिना छुटाउने समेत गरेको स्थानीयहरुले बताए ।

अन्य स्थानमा १ बर्षसम्म प्रहरी नायब निरीक्षक बसिरहदा पन्तको सरुवा भने तस्करी विरुद्ध उत्रिएको कारण सरुवा भएको स्थानियहरुले बताउँछन् । 

नायब निरीक्षक पन्तले तस्करहरुको सेखी उतारिरहेको अवस्थामा उनको सरुवाले अब तस्करहरु मौलाउने कांग्रेस नेता बेलबहादुर बोहराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ