arrow

कर नतिर्ने व्यवसायिक महलहरूको विवरण सार्वजनिक, को को छन नतिर्नेमा? (विवरण सहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ जेठ १३ बिहिबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो समय व्यवसायिक अपार्टमेन्ट बनाउनेहरूको होड नै चलिरहेको छ। यसरी बनेका अपार्टमेन्टहरूले आफूले नियमित तिर्ने तिरो सम्बन्धित निकायलाई तिरिरहेका छन् त ? यो सबैलाई जानकारी हुने कुरा पनि होइन र हुनु आवश्यक पनि नहोला। 
 
तर, चासो हुनुपर्ने सम्बन्धित निकाय महानगरपालिकाले भने यस विषयमा चासो राखेपछि यस्ता व्यवसायिक महलहरूलाई पनि भटाभट पत्र काट्न थालेको छ।  विशेषगरी बहाल कर र सवारी करमा कुनैपनि व्यवसायिक महलहरूले आफूले तिर्नुपर्ने तिरो नतिर्न थालेपछि एक महिना भित्र बाँकी बक्यौता रकम तिर्न दबाब दिने उद्देश्यले पत्रकाट्न थालेको काठमाडौं महानगरपालिका राजश्व विभागले जनाएको छ।
 
यस भन्दा अगाडिका वर्षहरूमा समेत पटकपटक ताकेता गर्दा पनि नाम चलेका बैंक तथा वित्तीय संस्थाले समेत महानगरको पत्र बेवास्ता गर्न थालेपछि आक्रामक बन्नु परेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
 
विभागका अनुसार अधिकांश व्यवसायिक मलहरूले बहाल कर र सवारी कर बापतको रकम महानगरपालिकालाई तिर्न छोडेपछि महानगरपालिकाले ‘अप्रेसन’ सुरू गरेको हो। 
 
महानगरपालिकाले पहिलो पटकको लागि ३० दिन भित्र बाँकी रहेका बहालहरूको बक्यौता बुझाउनको लागि पत्र पठाउदैछ। महानगरका एक अधिकारीले आजदेखि पत्र काट्ने काम सुरू भइसकेको तथा अबको केहीदिन भित्र सबैलाई पत्र काटिसक्ने गरी काम भईरहेको बताए। 
 
यसरी पत्र पाएको ३० दिन भित्र पनि तिर्नुपर्ने करबापतको रकम नतिरेको खण्डमा महानगरपालिकाले फेरि दोस्रो पटक १५ दिने समयावधि सहित अर्को पत्र लेख्नेछ र सो समयावधिमा पनि रकम असुली नगरेदेखि फेरि सातदिनको लागि अन्तिम चेतावनी सहितको अर्को पत्र सम्बन्धित करदातालाई पठाउनेछ। 
 
यसरी ५२ औं दिनसम्म पनि कर तिर्न अटेरी गर्ने करदातालाई कानून अनुसार विना सूचना कारबाहीको काम अघि बढाईने महानगरपालिका राजश्व विभागले जानकारी दिएको छ। उता, महानगरले बहाल कर र सवारी करको विवरण माग गरेपछि सानो घर रहेको लगायतका फर्जी विवरण देखाएर घरजग्गा कर कम तिर्ने घरधनीहरू समेत समस्यामा पर्ने भएका छन्।
 
महानगरपालिकाको विभिन्न मापदण्डलाई हेरेर उसले तिरेको घरजग्गा कर र सवारी करको आधारमा घरधनीले फर्जी विवरण दिएको र नदिएको पत्ता लाग्ने भएकोले पनि यो करले फर्जी विवरण दिनेहरू समस्यामा पर्ने बुझाई महानगरपालिकाको छ। 
 
यसरी महानगरपालिकालाई लामो समयदेखि कर नतिर्ने सूचीमा नाम चलेका व्यवसायिक महलहरू नै अगाडि रहेका छन्। उनीहरूमध्ये एकाधबाहेक अधिकांशले दुबै कर नतिरेको महानगरपालिकाको तथ्याङ्कले देखाएको छ। 
उनीहरूले सम्बन्धित वडामा पुगेर कर तिर्नुपर्ने भएपनि वडामा कर नतिरेपछि महानगरपालिकाको राजश्व विभाग आफ्नै सक्रियतामा कर उठाउन थालेको हो। 
 
तल उल्लेखित तालिकामा कर नतिरेका अपार्टमेन्टहरू कम्तिमा दुई आर्थिक वर्ष या त दुई वर्ष भन्दा बढी समयको बहाल कर र सवारी कर तिर्न बाँकी रहेका बैंकहरू हुन्। यी करहरु उठेमा महानगरपालिकाले लाखौ रुपैयाँ आम्दानी गर्न सक्ने छ। 
 
कर तिर्न बाँकी रहेको व्यवसायिक विवरणः
 
''



नयाँ