arrow

स्वास्थ मापदण्ड पूरा नगरी यात्रु बोकेका १४ सवारीसाधन कार्वाहीमा 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ असोज ५ सोमबार
traffic-checking.jpg

नेपालगन्ज । बाँकेमा मापदण्ड पूरा नगरी चलाइएका १४ वटा सवारीसाधनहरु कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी बाँके र यातायात कार्यालयको संयुक्त छडके चेकजाँचमा स्वास्थ्य मापदण्ड पूरा नगरी जान लागेको लामो दूरीका सवारीसाधनहरुलाई कारबाही गरिएको बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए । 

चेकजाँच का क्रममा सवारी चालकलाई कोरोना महामारीबाट बच्न अनिवार्य स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सवारी चलाउनु पर्ने अब अन्यथा यो भन्दा ठुलो कारबाही गरिने बमले बताए । 

ट्राफिक प्रमुख बमका अनुसार अब सधै यात्रु बोक्ने सवारीसाधनको जाँच गरी मापदण्ड पूरा भए नभएको हेरिने भएको छ। 

त्यस्तै बाँके ट्राफिकले मापसे चेक जाँचसमेत गर्ने भएको छ। बाँके ट्राफिकलाई केही दिन अघि मात्रै प्राप्त भएको  अत्याधुनिक ब्रेथलाइजार मेसिनको सहयोगमा मापसे जाँच गरिने भएको हो । 

उक्त मेसिनले मापसे गरेको मात्रै पत्ता लगाउने नभएर मापसे चालकको तस्बिर समेत खिच्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ