arrow

भारततर्फ अवैध रुपमा तस्करी भइरहेको साढे सात क्विन्टल मटर बरामद

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
keraus.JPG

जलेश्वर । नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको साढे सात क्विन्टल मटर महोत्तरी प्रहरीले सोमबार बिहान बरामद गरेको छ । 

जिल्लाको जलेश्वर नगरपालिका–१२ स्थित वनको बाटाबाट एक क्विन्टल, एकडारा गाउँपालिका–४ स्थित वनको बाटाबाट ४०० किलोग्राम र मनरासिस्वा नगरपालिका– १० स्थित वनको बाटाबाट २५० किलोग्राम गरी जम्मा सात क्विन्टल ५० केजी मटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । 

वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले मटर बरामद गरेको तथा तस्कर प्रहरीलाई देखेर भागेको जनाइएको छ । 

बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ