arrow

होचा पुड्काको अधिकारको लागि पहलगर्ने उपप्रधानमन्त्री मैनालीको प्रतिबद्धता

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
cp.jpg.jpeg
काठमाडा। उपप्रधान एवम महिला बालवालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले समाजमा अपमानित ढंगले रहेका होचा पुड्काको अधिकारकोलागि आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । 
 
तीन महिने बेसिक कम्प्यूटर र ग्राफिक्स डिजाईन तालिमको समापन तथा होचा पुड्का संघको १३ औं साधारण सभाको उद्घाटन गर्दै उनले होचा पुड्काको बास्तविक तथ्याङक नरहेकोले उनीहरुको हितमा योजना बनाउन समस्या भएको भन्दै आगामि जनगणनामा होचा पुड्काको छुट्टै महलको ब्यवस्था गर्ने विषयमा समेत आफूले पहल गर्ने बताए । 
 
उनले संघले आफ्नो समूदायको मर्यादा कायम राख्न काम गर्नु पर्ने भन्दै अधिकारकोलागि निरन्तर आवाज बुलन्द बनाईराख्न सुझाव दिए । संघका अध्यक्ष विष्णुलाल गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले समाजमा परिवर्तन आउनु पर्ने भन्दै त्यसक्रममा होचापुड्काहरुमा समेत परिवर्तन आउनु पर्ने बताए । 
 
समाज कल्याण मन्त्रालय मातहतमा रहेको भृकुटी मण्डपमा समाजमा यस्तै पछि परेकाहरुको हितकोलागि स्थान सुरक्षित गर्नु पर्ने भन्दै त्यसकोलागि आफूले कार्यदल बनाएर छानविन गर्न लगाएको जानकारी दिए । कार्यक्रममा उनले कम्यूटर तालिम लिएकाहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ