arrow

दिपिका पादुकोण पनि जोडिइन ड्रग्स केशमा

श्रद्धा कपुर, साराअली खान, रकुल प्रित सिंह सहितका नायिका पनि तानिए

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ५ सोमबार
dipikas.JPG

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह मृत्यु प्रकरण छानविनको क्रममा खुलासा भएको ड्रग्स प्रकरणमा बलिउडका एकपछि अर्को हाई प्रोफाइलका नायिकाहरु तानिन थालेका छन् । सुशान्त सिंहकी गर्लफ्रेन्ड रिया चक्रवर्तीले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानका क्रममा बलिउडका २५ ड्रग्स प्रयोगकर्ताको नाम उल्लेख गरेसँगै बलिउडका एक पछि अर्का नायिकाको नाम जोडिएर आउन थालेको छ।

ड्रग्स केससँग जोडिएकी जया शाहासँग सोमबार ब्यूरोले गरेको सोधपुछपछि उनको कम्पनी क्वानकी मेनेजर करिश्मासँग बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणको च्याटको बारेमा जानकारी मिलेको थियो । यो प्रकरणसँगै दिपिका पादुकोण पनि ड्रग्स केशमा तानिने सम्भावना बढेको भारतीय मिडियामा उल्लेख छ । 

ड्रग्स प्रकरणमा पादुकोणसहित यसअघी सुशान्त सिंहसँग काम गरिसकेकी अभिनेत्री श्रद्धा कपुरको नाम समेत तानिइसकेको छ। सिंहसँग कपुर पनि ड्रग्स लिने गरेको स्वयं रियाले ब्युरोलाई बताइकी थिइन। एकपछि अर्को चर्चित नाम ड्रग्स प्रकरणमा जोडिन थालेपछि नार्कोटीस कन्ट्रोल ब्यूरोले थप अनुसन्धान गर्दै सोधपुछका लागि बोलाउने तयारी गरेको पनि बताइएको छ। 

यसअघि रिया चक्रवर्तीले लिएका २५ नाममध्ये ५ जनाको नाम नार्कोटीस कन्ट्रोल ब्युरो स्रोतलाई हवाला दिदै भारतीय मिडियाले सार्वजनिक गरेका थिए । यि नाममा बलिउडका चर्चामा रहेका कलाकारहरु पनि परेका थिए । 

रियाले दिएको २० पृष्ठ लामो वयानमा ड्रग्स प्रयोगकर्ताको पहिलो नाममा बलिउड कलाकार सेफ अलि खानकी छोरी सारा अलि खान रहेकी छिन्। खानसँगै कलाकार रकुल प्रित सिंह, डिजाइनर सिमोन खंबाटा, मिडियाकर्मी रोहिणी अय्यर, कास्टिङ डाइरेक्टर मुकेश छावडाको नाम पनि रियाले लिएकी छिन् ।  

यि ५ जनाको नाम बाहिर सार्वजनिक भएसँगै बयानमा उल्लेख अन्य २० जनाको नामको पनि खोजी शुरु भएको छ । नार्कोटीस कन्ट्रोल ब्युरोले रियाले नाम लिइएका सबै व्यक्तिकोफ बारेमा अनुसन्धान शुरु गरेर प्रमाण जुटाउन लागेको छ। यहि क्रममा उनीहरुलाई बोलाएर सोधपुछ गर्ने तयारी पनि रहेको मिडिया रिपोर्टमा छ । 

सेफ अलि खानकी छोरी सारा अलि खान २०१८ मा केदारनाथ फिल्ममा सुशान्त सिंहसँग काम गरेकी थिइन । सारा सुशान्त सिंहको साथी रहेको र उनको थाइल्याण्ड ट्रीपमा समेत रहेको स्वयं रियाले बताएकी थिइन । सुशान्तको साथी रहेकी रिया पछि रिया सहितको ड्रग्स लिने साथी समेत रहेको नार्कोटीस कन्ट्रोल ब्युरोलाई दिएको बयानलाई उदृत गर्दै मिडियाहरुले जनाएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ