arrow

रामेछापमा टाटा सुमो दुर्घटना : ६ काे मृत्यु

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
Ramechhap-hamrakura.jpg.jpeg
रामेछाप ।  रामेछापमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रामेछाप डाँडाबाट हिमगंगाको चिलाउनेखर्क जाँदै गरेको ना. १ ज. ४१६१ नम्बरको वीपी यातायात सेवा समितिको टाटासुमो रामेछाप नगरपालिका–१ ओख्रेनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि,  घटनास्थल पुगेकाे प्रहरीले ६ जनाको मृत्यु भएको जानकारी दिएको हाे । मृतकको सनाखत हुँन बाँकी छ । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना भएको मात्रै खबर आएको छ । स्थानीयका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । सुमो सडकबाट करिब ३ सय मिटर तल खसेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप ल्याइपुर्‍याइएको छ । शव घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ