arrow

सबै माओवादी एक ठाउँमा नहुँदा शहीदका सपना पूरा भएनन् : रामबहादुर थापा

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
rambahadur-thapa.jpg.jpeg
पोखरा । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।  
 
कृष्ण सेन इच्छुकको १४औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले सुरु गरेको २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई वितरण गर्दै थापाले माओवादी धेरै टुक्रामा विभाजित हुँदा शहीदका सपना पूरा गर्न नसकिएको धारणा राखे । 
 
विभाजित माओवादी घटक केही दिनअघि एकीकृत भएर नेकपा माओवादी केन्द्र पार्टी बनेको स्मरण गराउँदै वरिष्ठ नेता बादलले एकीकृत अभियानले पूर्णता नपाएसम्म यो अभियान जारी रहने बताए ।  
 
उनले राष्ट्रिय सहमति कायम गरेर आर्थिक समृद्धितर्पm अघि बढ्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने विचार व्यक्त गरे । नयाँ संविधानले जनतालाई अझै पनि पूर्ण अधिकार नदिएको र पूर्ण अधिकार प्राप्तिका लागि सबै क्रियाशीलताको खाँचो रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ