arrow

ट्राफिकले पाउने कमिसनमा कटौती हुनसक्छः विभाग

पहिलो चरणको वार्ता निष्कर्षबिहीन

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
dept-transport.jpg.jpeg
काठमाडौं। यातायात व्यवस्था विभाग र यातायात मजदूर तथा व्यवसायीहरूबीचको पहिलो चरणको वार्ता विना निष्कर्ष टुङ्गिएको छ। ट्राफिक प्रहरीले तिराउने जरिवानामा भारी बृद्धि भएको भन्दै देशव्यापी चक्काजाम गरेको यातायात मजदूर तथा व्यवसायीहरूसँग बिहीबार दिउँसो भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए।
 
पहिलो चरणको वार्तामा व्यवसायी तथा मजदूरहरूले पहिले प्रहरीले चक्काजाम गराउने क्रममा पक्राउ गरेका व्यवसायीहरूको निःशर्त रिहाईको माग गरेको र सो विषयमा छलफल गरिरहेको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार रिहाई गर्ने या त नगर्ने भन्ने विषयमा आन्तरिक छलफल गरेर फेरि केही समयमा वार्तामा बस्ने तयारी रहेको बताईएको छ । 
 
यातायात व्यवसायीहरूले तोकेको चक्काजामको कार्यक्रम पाँच बजेबाट सकिईसकेको छ । उनीहरूले ट्राफिक व्यवस्थापनका विभिन्न चुनौतीहरू रहिरहेकै समयमा ट्राफिक प्रहरीले तिराउने जरिवाना बढी भएकोमा यातायात व्यवसायीहरूले गुनासो गर्दैआएका छन् । 
 
ट्राफिकको कमिसन घट्न सक्छः विभाग 
यसैविच यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरूले आन्दोलन गरेकै भरमा ऐन संशोधन गरेर जरिवाना शुल्क भने नघटाईने स्पष्टि पारेको छ । महानिर्देशक श्रेष्ठले जरिवाना घटाउनुपर्ने यातायात व्यवसायीहरूको माग नभएको र यसरी तिर्ने रकमको १५ प्रतिशत ट्राफिक प्रहरीलाई कमिसन बापत जाने भन्ने विषयमा मात्रै गुनासो रहेकोले त्यसबारे भने सोच्न सकिने जानकारी दिए । उनले ट्राफिक प्रहरीहरू हतोत्साहित नहुनेगरी कमिसनको बैकपिक व्यवस्था गरेर पनि कमिसनलाई चाहि हटाउन विभाग तयार रहेको स्पष्ट पारे । उनले भने ‘दिनभरी घाममा खटिने ट्राफिकलाई पनि केही नदिने भन्ने कुरा त आउँदैन । त्यसको लागि राज्यको तर्फबाट नै केही व्यवस्था गरेर जरिवानाबापतको पैसा राजश्वमा जम्मा हुने व्यवस्था गर्न सकिने जानकारी उनले दिए । 
 
तर यातायात व्यवसायीहरूले भने आन्तरिक छलफल गरेर निर्णयमा पुगेने जानकारी दिएका छन् । ‘हामीले यो ट्राफिक व्यवस्थापन सहित धेरै अव्यवस्थाहरूको विरोधमा आन्दोलन गरेका हौं ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ‘आन्तरिक छलफल पछि हामी निर्णयमा पुग्नेछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ