arrow

सिंहदरबारमा फेरि होली : इशान धरौटीमा रिहा, शेषनारायण विना धरौटी तारेखमा छाेडिए

कसैलाई छोड्दैनौं, काननु छैन र हामीसंग : प्रजिअ सुवेदी

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
sihadaebar-holi.jpg.jpeg
काठमाडौं । सिंहदरबारको पश्चिम गेट अर्थात् मूल प्रवेशद्वारको भित्तामा रगत जस्तै देखिने रातो रङ्ग छ्याप्ने इशान अधिकारी र उनलाई साथ दिने शेषनारायण झा रिहा भएका छन् । प्रहरीको हिरासतमा रहेका उनीहरुलाई विहिबार जिल्ला प्रशासनमा बुझाइएपछि प्रशासनले रिहा गरिदिएको हो । इशान धरौटीमा रिहा भएका छन् भने, झा विना धरौटी रिहा भएका छन् । 
 
काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले हाम्रा कुरालाई भने, ‘इशानले रङ्ग छ्याप्ने म हो, उहाँको दोष छैन भनेपछि शेषनारायणलाई सादा धरौटीमा तारेखमा रिहा भएका छन् ।’ सार्वजनिक अपराध गर्ने कसैलाई छोडिदैन । यसअघि, ती दुई गएको आइतबार सिंहदरबार र सोमबार बालुटावारमा रङ्ग छ्यापेपछी पक्राउ परेका थिए । पहिलो दिन सम्झाई बुझाई गरी छाडिएकामा दोस्रो दिन पनि सोही हर्कत गरेपछि प्रहरीले प्रक्राउ गरेको हो । इशानले सरकार मधेस आन्दोलनप्रति गम्भीर नभएको र राज्यप्रति नागरिकको वितृष्णा जागेको भन्दै सांकेतिक विरोध स्वरुप रङ्ग छ्यापेको बताएका थिए । यद्यपि, प्रजातन्त्र भन्दैमा निषेधित क्षेत्रमा उश्रृंखल कसैले गर्न नपाउने प्रजिअ सुवेदीले बताए । 
 
रिहापछि इशानले देशमा भइरहेका आन्दोलनमा भएको प्रहरी दमनको विरोधस्वरुप आफूले सिंहदरबारमा रङ्ग छ्यापेको बताए । उनले यसअघि सिंहदरबारको गेटमा रङ्ग छ्यापेपछि सार्वजनिक अपिल जारी गर्दै सिंहदरबारको वास्तविक चरित्र उदाङ्गो पारेको भन्दै निर्जल ब्रत प्रारम्भ भइएको जनाएका थिए । 
 
यसैबीच, इशान र शेषनारायण रिहा भएकै दिन ती दुईलाई पक्राउ गरेको  विरोधमा विहिबार केही युवाले सिंहदरबार गेटमा फेरि रंङ्ग छ्यापेका छन् । गेटमा यसरी रातो रंग छ्याप्ने ४ जना युवालाई प्रहरीले तत्कालै पक्राउ समेत गरेको छ । उनीहरुले आफूहरुलाई सामाजिक कार्यकर्ता भएको बताउँदै इशानको समर्थन गर्दैै रङ्ग छ्यापेको बयान दिएका छन् । प्रमुख जिल्ला अधिकारी सुवेदीले रङ्ग छ्याप्ने कसैलाई छोड्दैनौं–भनेका छन् । उनले भने, ‘काननु छैन र हामीसंग, प्रजातन्त्र भन्दैमा जे पायो त्यही गर्न पाइन्छ । प्रजातन्त्रको पनि एउटा मूल्य मान्यता छ नी ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ