arrow

सडकको लम्बाइ अठाइस हजार किमी

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
road-construction-nepal_384d.jpg.jpeg
काठमाडौँ । चालु आवको फागुनसम्म कालोपत्रे सडक ११ हजार ८९०, खण्डास्मित छ हजार ४१९ र कच्ची सडक नौ हजार ६८१ किमी गरी हाल सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ । 
 
 
यसैगरी चालु आवको फागुन मसान्तसम्म २७० किमी माटे सडक, १३२ किमी खण्डास्मित र ९२ किमी कालोपत्र सडक स्तरोन्नति भएको आव २०७२÷२०७३ को आर्थिक सर्भेक्षणमा उल्लेख छ । आव २०७२÷२०७३ को चैत मसान्तसम्म २३ पक्की पुल बनेको छ । 
 
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणमा उल्लेख भएअनुसार स्थानीय सडक पुलतर्फ १५, रणनीतिक सडक पुल तीन, हुलाकी राजमार्गका पुल तीन र मध्यपहाडी लोकमार्गतर्फ दुई गरी २३ पुल निर्माण गरिएको उल्लेख छ । 
 
यस वर्ष बनेका २३ वटै पुलमा यातायात सञ्चालन सुरु भएको प्रगति विवरणमा उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ