arrow

प्रदीपको अगुवाईमा लकडाउनदेखि १८ हजारभन्दा बढीलाई भोजन, सहयोगी हातको खाँचो

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
pradip-ghimire-lockdown-hel1.gif

काठमाडौं । सामाजिक अभियन्ता एवम् युवा समाजसेवी प्रदीप घिमिरे ‘अमूल्य’ ले आफ्नो अगुवाईमा लकडाउन सुरु भए यतादेखि अहिलेसम्म करिब १८ हजार भन्दा बढीलाई भोजन सेवा गराइसकेको बताएका छन् । उनले चार सय भन्दा बढीलाई राहत वितरण गरिसकेको जनाएका छन् । 

घिमिरेले काठमाडौंका सडक पेटीमा भोकभोकै रहेका ब्यक्तिहरुलाई निरन्तर खाना खुवाउने काम गरिरहेका छन् ।

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ४ सालुका घिमिरेले काडमाडौं उपत्यकामा मात्र नभई रामेछापसम्म पुगेर पनि राहत वितरण गरेका थिए ।

लकडाउन खुकुलो भएसँगै पुनः सरकारले काठमाडौं उपत्यकामा गरेको निषेधाज्ञामा पनि उनले निरन्तर रुपमा खाना खुवाउने काम गरिरहेका छन् । उनले महानगरीय प्रहरी परिसर टेकु, अपराध महाशाखा, महानगरीय प्रहरी वृत जनसेवाको संयोजनमा भोजन गराउने कार्य गरिरहेको बताएका छन् ।

 घिमिरेका अनुसार अहिले पनि काठमाडौंको मैतिदेवी, सेतोपुल मुनी, थापाथलीको मन्दिर, कालमोचन घाट टेकु, डल्लु पुलमुनी, ढल्कु, विष्णुमति किनारा र टंकेश्वरको सडकपेटी र ढलको पाइपमा बस्ने व्यक्तिहरुलाई साँझको खाना खुवाउने कार्य भइरहेको छ ।

उनी खाना खुवाउने मात्र नभई, जसको चुलो निभेको छ उसको चुलो बाल्न पनि पछि पर्दैनन् । गोंगबुमा फोक्सोको क्यान्सर पीडितको कोठामा खाने चामल एक गेडो नभएको सुन्ने बित्तिकै उनी राति ८ बजे चामलको बोरा लिएर पुगेका थिए ।

मिडियाकर्मीले राति ११ बजे फोन गरेर कीर्तिपुरमा एक जोडी पाटीमा भोकै परेको खबर सुनाएपछि भोलिपल्ट बिहानै कीर्तिपुर पुगेर चामल, दाल, नून, तेल, लगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए । 

नेपालमा अहिले निषेधाज्ञा खुलेको भनिए तापनि मजदुरहरु तुरुन्तै पुनर्स्थापना हुन सक्ने अवस्था नरहेको घिमिरे बताउँछन् । उनी अहिले निकै समस्या परेको बताउँछन् । 

उनी भन्छन्, ‘सहयागी हातहरु जुटेको खण्डमा अझै केही दिन खाना खुवाउने उनको सोच रहेको छ । हाल खाना वितरण गर्नको लागि गाडी, खाद्यान्न सामग्री तरकारी ग्याँस, आल्मुनियम प्याकिंग फोयल बस्क, एल्डी प्लाष्टिक लगायतका सामग्रीहरुको आवश्वयकता छ । 

घिमिरे भन्छन्, ‘सेवा नै धर्म हो । आफू पनि बचौं । अरुलाई पनि बचाऔं । यदि घिमिरेको अभियान नगद तथा जिन्सि सहयोग गर्न चाहनुहुन्छ भने ९८४११४१४६८ मा सम्पर्क गर्न सक्नुहुन्छ । मेरो इसेवा नं। ९८४११४१४६८ रहेको छ ।’

गल्ली गल्ली पुगेर भोकाहरुलाई खाना खुवाउँदै प्रदीप घिमिरे

गल्ली गल्ली पुगेर भोकाहरुलाई खाना खुवाउँदै प्रदीप घिमिरे

Posted by Hamrakura.com on Wednesday, September 23, 2020

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ