arrow

यातायात व्यवसायी र सरकारबीच आज पुनः वार्ता हुँदै

संघर्षको कार्यक्रम पनि निरन्तर : महासघ

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
dept-transport.jpg.jpeg
काठमाडौं । बिहीबार निष्कर्षबिहीन बनेको यातायात व्यवसायी र सरकारबीच आज फेरि वार्ता बस्ने भएको छ । बिहीबार दुई पटकसम्म बसेको वार्ताले आन्दोलनका क्रममा पक्राउ परेका यातायात मजदूर तथा व्यवसायीहरूलाई निःशर्त रिहाई गर्ने सहमति भएर सबैजना छुटिपनि सकेको र बाँकी कुरा गर्न ढिला भएपछि शुक्रबार बस्नेगरी वार्ता टुङ्गिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 
 
आफूहरूले ट्राफिक प्रहरीले पाउने कमिसन लगायतका विषयमा आपत्ति जनाएको भन्दै यस लगायत आफ्ना सबै मागमा सरकारी पक्षपनि सकारात्मक रहेको र व्यवसायीहरूले पनि सकारात्मक रूपले वार्तामा सहभागी हुन लागेकोले आजको वार्ताले निचोड निकाल्ने विश्वास पनि उनले व्यक्त गरे । बिहीबार हाम्रा कुरासँग कुराकानी गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले ट्राफिक प्रहरीलाई अन्यस्रोतबाट भत्ता दिने व्यवस्था गरेर भएपनि कमिसनको व्यवस्था हटाउन सरकार प्रतिवद्ध रहेको जानकारी दिएका थिए । 
 
उता, व्यवसायीहरूले आफ्ना मागहरू कति पुरा हुन्छ त्यसैको आधारमा सरकारसँग वार्ता सकिएसँगै नयाँ संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । महासचिव सिटौलाले सरकारसँगको वार्ताका क्रममा आफ्ना मागहरू गम्भीरताका साथ सम्बोधन नभए त्यसलगत्तै बैठकबसी थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी रहेको जानकारी दिए । 
 
बिहीबार दिउँसो भएको बैठकमा व्यवसायीहरूले आफ्ना पक्राउ परेका व्यक्तिहरूको निःशर्त रिहाई नगरेसम्म आफूहरू वार्तामा नबस्ने अडान दोहो¥याएपछि सरकार र व्यवसायीहरूबीचको वार्ता साँझ फेरि बसेको थियो । साँझ अबेर मात्रै पक्राउ परेकाहरूलाई रिहा गर्न सरकार सहमत भएपछि बाँकी विषयमा शुक्रबार छलफल गर्नेगरी वार्ता स्थगित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ