arrow

नेपालगञ्जको दशगजा नजिकबाट अवैध सामानसहित मोटरसाइकल बरामद 

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
abidha-saman.jpg

नेपालगञ्ज । सशस्त्र प्रहरी बाँकेले दशगजा नजिकबाट अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित टंकपसेरी नजिकै दशगजाबाट नेपालतर्फ यू.पी.४० एच ३१९० नम्बरको मोटरसाइकलमा सामान लोड गरी ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो ।

प्रहरीलाई देख्नासाथ मोटरसाइकल र सामान छोडेर सामान ल्याउने व्यक्ति भागेका थिए । सशस्त्र प्रहरी बल विओपी जमुनाहा भन्सारबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले बिहिवार  विहान ११ बजे गाडीका पार्टपुर्जासहित अन्य अवैध सामग्री बरामद गरेको हो ।

मोटरसाइकलसहित बरामद गरिएको सामग्रीको मूल्य एक लाख १० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ