arrow

फुटबलर बिमल बिमानस्थलबाट सिधै अस्पताल पुगे

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
biml-news-blg.jpg.jpeg
काठमाडौं। नेपाली फुटबल टोलीका चर्चित स्ट्राईकर बिमल घर्तिमगर बेल्जियमबाट काठमाडौं आईपुगेका छन्। उनकी बहिनी मनिषा थापामगरको शंकास्पद मृत्यु पछि बेल्जियममा उपचारकालागि गएका बिमल फर्किएका हुन्। 
 
मनिषाको शव पोस्टमार्टमकालागि त्रिविवि शिक्षण अस्पतालमा लगिएको छ। बिमल बिमानस्थलबाट सिधै अस्पताल गएका छन्। केहिबेरमा पोस्टमार्टम प्रकृया शुरु हुने प्रहरीले जनाएको छ। 
 
विमलकी बहिनी मनिषाको रहस्यपूर्ण मृत्यु भएको छ । आफ्नै घरमा मृत भेटिएपछि घटना रहस्यपूर्ण भएको हो । मनिषाको घाँटीमा निलडाम रहेकाले हत्या वा आत्महत्या भन्नेबारे यकिन गर्न उनको शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको नवलपरासी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले जानकारी दिएका छन् ।
 
विमलको घरमा आमा मात्रै छन् । विमलका बुबा नेपाल प्रहरीका हवलदार थिए । उनको सडक दुर्घटनामा निधन भएको थियो ।
 
एसपी चौधरीले हाम्राकुरासंग भने,  ‘मनिषाको साथमा एउटा सल भेटिएको छ, घाँटीमा निलडाम छ ।’ हामीले अनुसन्धान गरिरहेका छौं, एसपी चौधरीले थपे, ‘मनिषाको घाँटीमा निलडाम रहेकाले घटनाको यकिन गर्न विशेषज्ञ कहाँ पठाउने भन्दै टिचिङ पठाइएको छ ।’ पोष्टमार्टमको रिपोर्ट आएपछि र हामीले मोवाइलको कल डिटेल एवं म्यासेजबारे समेत अनुसन्धान गरिरहेका छौं । 
 
घटनामा संलग्न रहेका शंकामा विहिबार विहान आशिष भनिने स्थानीय रुद्र नारायण चौधरी पक्राउ परेका छन् । प्रहरी प्रमुख चौधरीका अनुसार रुद्रनारायणको घर मनिषाको भन्दा ३ किलोमिटर मात्रै टाढा छ । २२ वर्षीय चौधरी तिलकपुर गाविस–४ का हुन् । मनिषाको घर भने वर्दघाट नगरपालिका–८ मा पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ