arrow

सांसदद्वारा ल्यापटप र प्रिन्टर प्रदान

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Press-Union.jpg.jpeg
सुरुङ्गा (झापा)। सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गरेका छन्।
 
नेपाल प्रेस युनियनको रजत महोत्सव तथा वार्षिक साधारणसभाको अवसर पारेर सांसद शिवाकोटीले बिहीबार उक्त सामग्री प्रदान गरे। बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित राजत महोत्सवमा सांसद शिवाकोटीले प्रदान गरेको ल्यापटप र कलर प्रिन्टर नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले संयुक्त रुपमा युनियनका अध्यक्ष कृष्ण हुमागार्इंलाई प्रदान गरे।
 
कार्यक्रममा प्रजिअ मदन भुजेल, नेपाल प्रेस युनियनका पूर्वसचिव चिन्तामणि दाहाल, नेपाल प्रेस युनियनका मेची अञ्चल संयोजक गोविन्दचन्द्र क्षेत्री, केन्द्रीय पार्षद् राजेन्द्र गौतम, नेपाल पत्रकार महासङ्घका पूर्वपूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्विका भण्डारी, जिल्ला अध्यक्ष मुक्ति पौडेल, क्रान्तिकारी पत्रकार सङ्घ झापाका अध्यक्ष टीकाराम उप्रेती लगायतले बोलेका थिए।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ