arrow

व्यवसायी केडियाको अवस्था १८ घण्टासम्म पनि अज्ञात, नजिकका सीमानाकामा कडाई

नेपाली काँग्रेसको आपत्ति

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Bara_Bariyapur_GE.jpg.jpeg
काठमाडौं । केडिया अर्गनाईजेशनका कार्यकारी निर्देशक सुरेश केडीयाको अपहरण भएको १८ घण्टासम्म पनि अवस्था अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत्का सबै युनिट तथा बारा जिल्लाका र नजिकका भारतीय सीमा नाकाहरूमा कडाई गरेर खोजी कार्य जारी गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । 
 
प्रहरीका अनुसार बिहीबार साढे ६ बजेदेखि हराईरहेका व्यवसायी केडियाको खोजी कार्यका लागि रातभरी नै जिल्ला भरका प्रहरीहरू परिचालित छन् । बारा जिल्लाको वारियापुर गाविसबाट अपहरणमा परेका व्यवसायी केडियालाई भारतीय सीमा तर्फ लैजाने सम्भावना रहेकोले भारतीय सीमा नाकामा बढी कडाई गरिएको प्रहरी सहायक निरीक्षक रामजी राउतले जानकारी दिए । 
 
बिहीबार केडियालाई अपहरण गर्ने क्रममा केडियाका सवारी चालक विन्ध्यबासिनी दुई पर्सा निवासी उमेश प्रसाद शाह कानुलाई गोली हानी घाईते गराएपछि उनी उपचारको क्रममा भरतपुर अस्पतालमा छन् भने अपहरणमा परेका शाहको अवस्था अझै अज्ञात रहँदा उद्योगी व्यवसायीमा भने थप त्रासको स्थिती सिर्जना भएको छ । 
 
बाराको वारीयापुरमा रहेको खाद्य उद्योगमा काम विशेषले पुगेर बीरगञ्जस्थित आफ्नै निवास फर्किने क्रममा उनी अपहरणमा परेका थिए । नेपाल भारत सीमाबाट झण्डै १६ किलोमिटर टाढा रहेको घटनास्थलमा भारतीय नम्बरप्लेटको सवारीमा आएकाहरूले पक्राउ गरिएको बताईएको छ । तर, प्रहरीले भने यसलाई पुष्टि गरेको छैन ।  
 
केडिया अर्गनाईजेशनका अध्यक्ष हीरालाल केडियाका माहिला छोरा तथा सांसद् विमल केडियाका सहोदर दाजु ५६ वर्षीय उनी सन् १९०९ मा स्थापना भएको केडिया अर्गनाइजेसनका अहिलेका कार्यकारी निर्देशक हुन् ।  काकाका छोरा प्रदीप केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियासँग समेत उनको साईनो रहेको बताईएको छ । नाताले प्रदीप र उनी दाजुभाई पर्छन् । 
 
अर्गनाइजेसनले नेपालको उत्पादन, आयात–निर्यात, बैंक, वित्तलगायत क्षेत्रमा लगानी गरेको छ । अर्गनाइजेसनअन्तर्गत ब्रिज सिमेन्ट, रिलायन्स पस्मिना, यती फेब्रिक, सुन्दर फर्निचर, सीताराम गोकुल मिल्क, सिद्धार्थ बैंक, गोर्खा फाइनान्स, इन्दुशंकर चिनी उद्योगलगायत उद्योग व्यवसाय सञ्चालनमा छन् ।
 
काँग्रेसको आपत्ति
यसैबीच नेपाली काँग्रेसले उद्योगपति एवं केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक केडियालाई बाराको कलैयाबाट हिजो अज्ञात समूहले गरेको अपहरण प्रति गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै उनको अपहरण तथा सवारी चालकमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाइएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको जनाईएको छ । 
 
‘कुनै पनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र संवेदनशील विषय हो’ विज्ञप्तीमा भनिएको छ ‘यस्ता आपराधिक क्रियाकलापको नेपाली कांग्रेस सधै घोर निन्दा र भत्र्सना गर्दछ र नागरिकले शान्तिपूर्ण र स्वतन्त्र रुपमा बाँच्न पाउनु पर्छ भन्ने नेपाली कांग्रेसको सदैव मान्यता रहँदै आएको छ ।’ 
 
नेपाली काँग्रेसले अपहरित उद्योगपति केडियाको सकुशल रिहाईको माग पनि गरेको छ । साथै, शान्ति सुव्यवस्थालाई नै खल्बल्याई आम नागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह÷व्यक्तिहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न तथा यस्ता घटनाहरु पुनः नदोहरिने वातावरणको निर्माण गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन समेत कांग्रेसले सरकारसँग माग पनि गरेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ