arrow

कोरोनाभाइरसः बाँकेमा फेरि एक जनाको संक्रमणबाट मृत्यु 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ असोज ९ शुक्रबार
corona-killed-final.jpg

नेपालगञ्ज । बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनीका ५२ बर्षीय पुरुषको बिहान साढे २ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

दुबैतिरको फोक्सोमा निमोनिया हुनुका साथै उनमा उच्च रक्तचापको समस्या समेत देखिएको श्रेष्ठले बताए ।

योसंगै बाँकेमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । नेपालगञ्जमा मात्रै ८ जनाको मृत्यु भएको छ भने नरैनापुर, बैजनाथ र कोहलपुरका १र१ जना तथा सुर्खेत स्थायी ठेगाना भई नेपालगञ्ज कारागारमा रहेका कैदीबन्दी १ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ